NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

यस्ता छन् शान्ति सम्झौताका लागि पुटिनले युक्रेनसमक्ष राखेका माग

काठमाडौं (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका निम्ति ६ शर्त अघि सारेका छन् । पुटिनले टर्कीका समकक्षीमार्फत आफ्ना मागहरू अघि सारेका हुन् ।

बिहीवार टेलिफोनमार्फत पुटिनले रेजेप तय्यिप एर्दोआनसमक्ष रुसका ठोस माग राखेको बिबिसीले लेखेको छ ।

दुई राष्ट्रपतिबीचको संवाद सुनेका एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार, दुई थरी माग राखेको छ । एउटा पूरा गर्न सकिने, अर्को केही कठिन । पूरा गर्न कठिन माग दुई वटा छन् ।

पुटिनले आफ्ना ६ मागमध्ये युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने मुख्य छन् । जसलाई ु
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्विकारिसकेको बिबिसी समाचारमा उल्लेख छ ।

युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने, युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने शर्त पनि पुटिनले राखेका छन् । यसमा चाहिँ जेलेन्स्की सहमत छैनन् । यसलाई उनले स्वाभिमानसँग जोडेर हेरेका छन् । किनभने, जेलेन्स्की आफैं यहुदी हुन् । उनका आफन्तहरू यहुदी नरसंहारका क्रममा मारिएका थिए ।

टर्किका राष्ट्रपतिका सल्लाहकारलाई उद्धृत गर्दै बिबिसीले पुटिनले युक्रेनलाई असहज हुने माग पनि राखेको जनाएको छ । ती मागबारे रुस र युक्रेनका समकक्षीबीच साक्षात् वार्ता हुनेपर्ने जनाइए पनि ती मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेका छैनन् । उनका अनुसार, ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित छन् ।

युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता देओस् भन्ने चाहना पनि रुसले प्रकट गर्ने आकलन गरिएको छ । यो भूभागलाई रुसले सन् २०१४ मा गाभेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष