मूल्य वृद्धि नियन्त्रण नभएसम्म ‘निर्माण होलिडे’ मनाउने तयारीमा निर्माण व्यवसायी
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले ‘निर्माण होलिडे’ मनाउने तयारीमा रहेको जानकारी गराएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले यसबारे जानकारी गराएका हुन् ।
हाल बजारमा निर्माण सामग्रीहरु बिटुमिन, नदीजन्य सामग्री, सिमेन्ट, फलामजन्य सामग्री (छड,पाता, आइरन ब्लेड) पेट्रोलियम पदार्थलगायतमा हरेक अवधिमा अप्रत्याशित, असामान्य मूल्यवृद्धि भएकाले यस्तो मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कामय गर्ने तयारी रहेको महासंघले घोषणा गरेको छ । साथै सबै किसिमका ठेक्कामा मूल्यवृद्धि पाउने गरी सार्वजनिक खरिद अनुगमन कार्यलायबाट मूल्य समायोजनको लागि विशेष व्यवस्था गर्नको लागि प्राविधिक मार्गदर्शन–२ जारी गर्न पहल गर्ने पनि महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष रवि सिंहले जुवा खेल्नको लागि निर्माण व्यवसायमा नलागेको बताउँदै चार महिनामा मूल्यवृद्धि दुइपटक बढ्ने गरेको कुराको याद दिलाए । यस्तो परिस्थितिमा विकास निर्माणको काम कसरी अघि बढाउने भन्ने उनको गुनासो छ । निर्माण व्यवसाय बाध्य भएर निर्माण होलिडे मनाउन गइरेहको उनले प्रस्ट पारे ।
महासंघले आज आयोजित कार्यक्रमममा २२ बुँदे घाेषणाापत्रको सार्वजनिक गरेका थिए भने सार्वजनिक खरिद नियमावली २०६४ को ११ औँ संशाेधनकाे सम्बन्धमा धारणा राखेका थिए ।
बीमाकाे प्रिमियम र दाबी भुक्तानीकाे विषयमा बीमा समितिद्वार जारी गरिएकाे निर्देशिकाले बीमा कम्पनीहरूलाई मात्र लाभ पुर्याउने खालकाे भएकाे महासंघकाे धारणा छ । उक्त निर्देशिका बीमितकाे हक र सुरक्षाा नहुने गरी समिति र बीमक संघकाे मिलोमत्तोमा जारी गरिएको भन्ने संघको भनाइ छ । यस निर्देशिकालाई खारेज गरि सबै सराेकारवाला पक्षहरूलाई समावेश गरी प्राप्त सुझावका आधारमा नयाँ बीमा निर्देशिका जारि गर्न गराउन पहल गर्ने महासंघले घाेषणा गरेको छ ।
सरकारबाट सार्वजनिक खरिद नियमाली २०६४ काे एघाराैँ संशाेधनमा महासंघकाे सुझावबमाेजिम म्याद थपकाे व्यवस्था, बढी घटी जाने प्रथा राेक्ने, क्रेडिट लाइनलाई सरल गर्ने, अनुभव र उस्तै प्रकृतिका काममा बढीभन्दा बढी व्यवसायीहरूले भाग लिन पाउने व्यवस्था, बिड क्यापासिटी चार गुणा गर्ने, निर्माण साम्रगी उत्खनन् स्थान तोक्ने, साना निर्माण व्यवसायीले काम पाउने सुनिश्चितता र महासंघकाे सुझाव बमाेजिम एकपटकमा पाँचवटा निर्माण कार्य संख्याकाे आधारमा मात्र पाउने व्यवस्था हुने गरी एघाराैं संशाेधा गरिनुपर्ने महासंघको घोषणा छ ।
ताजा अपडेट
-
hello world
-
Understanding Slot RTP Guidelines: A Comprehensive Overview to Return to Player Values
-
Learning about Various Crash Gaming Formats and Its Special Gameplay Mechanics
-
I migliori casino non AAMS per giocare su internet in sicurezza e libertà
-
Link Factory verification
-
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह


प्रतिक्रिया