आफैंले ढालेको रुखले किच्दा ज्यान गयो

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनमा आज रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो ।
रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया