युक्रेनमा सैन्य ब्यारेकमा क्षेप्यास्त्र खस्दा ४५ को मृत्यु
काठमाडौं । युक्रेनको दक्षिणी सहर माइकोलिएभमा सेनाको ब्यारेकमा क्षेप्यास्त्र प्रहारबाट धेरै जनाको ज्यान गएको छ । एक रिपोर्टका अनुसार यस आक्रमणबाट कम्तिमा ४५ जनाको मारिएका छन् ।
युक्रेनको सहर ओडेसामा रहेका बिबिसी संवाददाता एन्ड्रयू हार्डिंगका अनुसार सहरको उत्तरी इलाकामा रहेको सेनाको ब्यारेकमा दुई वटा क्षेप्यास्त्र खसेका थिए । त्यहाँ अहिले उद्धार र राहत कार्य भइरहेको छ । यी ब्यारेकमा स्थानीय सैनिकलाई प्रशिक्षण दिइन्थ्यो । यी सैनिकहरु ब्ल्याक सिको किनाराबाट रुसी सेनाले गरिरहेको आक्रमणको प्रतिरोध गरिरहेका थिए ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २४ दिन भएको छ । अहिलेसम्म त्यहाँ ८ सय १६ जना सर्वसाधारण मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ । संघका अनुसार मार्च १७ सम्म १ हजार ३ सय ३३ जना आम नागरिक घाइते भएका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिस मारिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया