NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

काठमाडौं । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ ।

‘नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्यांकन गरिरहेको छ’, अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् ।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो । ‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ’, प्रवक्ताले भने ।

अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए ।

ताजा अपडेट

नेपालवाच विशेष