NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

धनुषा । जिल्लाको छुट्टा–छुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरीमा डुबेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ निवासी १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय पोखरीमा दासलाई डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै करेन्ट लागेर धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ वैरिया निवासी २६ वर्षीय ललित यादवको भएको छ ।

आफ्नै घरमा जडान गरेको मोटरको पानीले भैंसीलाई नुहाउने क्रममा मोटरबाट करेन्ट लागि घाइते भएका यादवलाई उपचारका लागि जनकपुरधामस्थित जानकी हेल्थकेयर ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको धनुषाले प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष