तस्बिरमा रुस–युक्रेन युद्धको २४ औं दिन

काठमाडौं । रुस–युक्रेन युद्ध २५ औं दिनमा प्रवेश गरेको छ । युद्धविरामका लागि वार्ता चलिरहे पनि त्यसले ठोस आकार लिन सकेको छैन । रुसले लगातार युक्रेनलाई निशाना बनाउँदै आक्रमण गरिरहेको छ ।
रुसले युक्रेनविरुद्ध आक्रमण जारी राखे पनि युक्रेन दपेको छैन । उसले प्रतिरोध गरेर रुसलाई हराबरा खेलाइरहेको छ । कब्जा गरिसकेका क्षेत्रबाट पनि रुसी सेना पछि हट्न बाध्य भइरहेका रिपोर्ट बाहिर आएका छन् । युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण जमाउन रुस असफल भएको बेलायती रक्षामन्त्रीले दाबी गरेका छन् ।
जे भए पनि आखिर युद्ध युद्ध नै हो । यसले क्षतिबाहेक अरू केही गर्दैन । युद्धले निम्त्याएको दुष्प्रभावको भावुक दृष्य अहिले युक्रेनमा यततत्र देखिन्छ ।
हेरौं, युद्धग्रस्त युक्रेनको शनिबारको अवस्था झल्काउने केही तस्बिर :



प्रतिक्रिया