एमालेतिर लागेका विष्टलाई माओवादी केन्द्रले गर्यो निलम्बन
सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले पार्टी छोडेर नेकपा (एमाले) प्रवेश गरेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।
संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
एमालेमा प्रवेश गर्ने तयारीमा रहेका विष्टले यसअघि नै नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
यद्यपि, चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो ।
तर सो निर्देशन अवज्ञा गरेका थिए । त्यसपछि निर्देशन अवज्ञा गरेका भन्दै दलको सदस्यबाट निलम्बन गरिएको बताइएको छ ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया