ट्राफिक नियम उल्लंघन गर्ने ४५६ चालकलाई कारबाही
जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।
होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए । सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ ।
चालकलाई कारबाही गरी दुई लाख ३१ हजार राजस्व संकलन गरिएको जैसवालले बताए । यस्तै होलीको बेला मधेश प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया