रुसद्धारा युक्रेनमा पुनः हाइपरसोनिक मिसाइल प्रहार
काठमाडौं । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।
‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो’ रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।
रुसी अधिकारीहरुका अनुसार किन्जल मिसाइलले दुई हजार किलोमिटर टाढासम्मको लक्ष्यमा प्रहार गर्न सक्छ । यो मिसाइल प्रतिघण्टा ६ हजार किलोमिटरभन्दा बढीको गतिमा दौडिन्छ ।
रुसले यो मिसाइल अत्याधुनिक वायु रक्षा प्रणालीलाई चकित पार्न सक्षम रहेको र यसलाई खसाल्न सजिलो नभएको दाबी गरेको छ ।
रुसले शुक्रबार युक्रेनमा पहिलोपटक किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले दाबी गरेकाे थियाे ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया