भारतका लागि नयाँ राजदूतमा डा. शर्मा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उहाँ संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत भएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया