लागुऔषधसहित दुईजना पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट चैत्र ६ गते सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षका ज्ञानचन्द्र मण्डल र २० वर्षीय शंकरकुमार ठाकुर छन् ।
प्रदेश २०२००४ प ४७०९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
शंका लागि जाँच गर्दा उनीहरूको साथमा नाइट्रोभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । साथै, मोटरसाइकलसमेत बरामद गरिएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया