NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
स्थानीय तह निर्वाचन विशेष

आफैंलाई विश्वास गर्न नसकेका २४० उम्मेदवार, जसले ‘O’ मत पाए (नामसहित)

काठमाडौं । कुनै राजनीतिक उथलपुथल नभए अबको ५२ दिनमा स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेदवार चुनिने र चुन्ने महाउत्सवका रूपमा राजनीतक दलले आवधिक चुनावलाई लिने गर्छन् । यसअघि आफुले गरेको कामको जस लिने र आगामी योजना बनाउने तयारीमा उनीहरू जुटेका छन् ।

मतदाताहरू पनि दलहरूका घोषणपत्र, सम्भावित उम्मेदवारको लेखाजोखा, पाँच वर्षमा अफुले गरेका प्रतिवद्धता पुरा भए/नभएबारे सम्बन्धित दल तथा उम्मेदवारसँग जवाफ माग्न प्रतिक्षारत छन् । चुनावी रौनक छाएसँगै विभिन्न राजनीतिक दलहरू मतदाता फकाउन गाउँकेन्द्रित अभियानमा छन् । दल अदलबदल गर्ने क्रमसमेत ह्वात्तै बढेको छ । उम्मेदवारका आकांक्षीहरू आफुलाई सुरक्षित हुने राजनीतिक दलको खोजिमा छन् ।

कतिपय उम्मेदवारका आकांक्षी सम्बन्धित दलबाट टिकट नपाए स्वतन्त्र चुनाव लड्ने मनस्थितिमा छन् । आफुलाई चुन्ने र चुनिने प्रजातान्त्रिक मूल्य, मान्यताको कसिमा मतदाता, दलका नेता तथा कार्यकर्ता चुनावको पर्खाइमा छन् ।

निर्वाचन आयोग पनि तिब्ररूपमा चुनावी तयारीमा जुटेको छ । चुनाव नजिकिदै गर्दा रमाइला घटना र प्रशंगहरू छरपष्ट हुने गरेको छ । चुनावी दौरान र परिणामपछि पनि नयाँ नयाँ रमाइला किस्सा र प्रशंगहरू देखिने गछन् । त्यस्ता रमाइला परिदृश्य गत चुनावमा पनि देखिएका छन् ।

०७४ मा भएको स्थानीय तह निर्वाचन परिणामलाई हेर्दासमेत रमाईला घटनाहरूले रेकर्ड राखेका छन् ।

तपाईलाई अनौठो लाग्नसक्छ, चुनावमा आफैँलाई भोट नहाल्ने उम्मेदवार पनि हुन्छन् भन्दा । मतदाता शिक्षा अभावका कारण आम मतदाताले खसालेको मत बदर हुनु स्वभाविकै हुन्छ । उम्मेदवारलाई मतदान गर्ने / नगर्ने अधिकार पनि स्वयम मतदातालाई नै छ । तर आयोगको तथ्याङ्क केलाउँदा अघिल्लो निर्वाचनमा आफैँलाई भोट नहाल्ने उम्मेदवारको संख्या ठूलो रहेको देखिन्छ ।

संघीय राजधानी रहेको बाग्मती प्रदेशमा आफैलाई मतदान नगर्ने उम्मेदवारको संख्या २ सय ४० जना रहेका छन् । वडा अध्यक्षका उम्मेदवारले उनीहरूले आफैंमाथि विश्वास गर्न सकेनन् । आयोगको रेकर्ड अनुसार उनीहरूको मतपरिणाम जिरो देखिएको छ ।

आफुमाथि विश्वास नहुँदा–नहुँदै वडाध्यक्षमा दावी गर्दै उम्मेदवारी दिनेहरूमा अधिकाशं स्वतन्त्र उम्मेदवार रहेका छन् । राजनीतिक दलतर्फ राप्रपा, तत्कालिन नयाँ शक्ति पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका पार्टीहरू रहेका छन् ।

आयोगको प्रावधान अनुसार कुनै पनि उम्मेदवारले उम्मेदवारी दिँदा एक जना प्रस्तावक र अर्कोजना समर्थक अनिर्वाय हुनुपर्छ । निर्वाचन सम्बन्धि सबै प्रकृया पु¥याएर मात्रै उनीहरू उम्मेदवारी दर्ता गर्न पाउँछन् । उम्मेदवारी फिर्ता लिएमा वा प्रकृया नपुगेका वा उम्मेदवार हुन अयोग्य ठहरिएका उम्मेदवारी आयोगले रद्द गरी अन्तिम नामावली सार्वजनिक गर्छ ।

सबै प्रकृया पुरा गरेर पनि निर्वाचनको दिन उम्मेदवारले आफैलाई मत हाल्न हिम्मत गरेनन् । उम्मेदवारका परिवारका संख्याले मत नहाले पनि प्रस्तावक र समर्थक गरी कम्तिमा तीन भोट आउनु पर्ने हो । अन्त्यमा मत हाल्दा आफैँलाई मत हाल्ने हिक्मत गरेनन् ।

यद्यापि निर्वाचन गराउने जिम्मेवारी पाएको जिम्मेवार निकायले लिपिबद्ध गरेको तत्याङ्लाई आधिकारिक नमान्ने कुरै भएन । प्रस्तुत आँकडाले चुनावमा योग्य उम्मेदवार छनौटमा देखिएका त्रुटिबारे उजागर गरेको छ । यस्ता उम्मेदवारका कारण एकतर्फ आयोगको खर्च बढाएको छ भने अर्कातर्फ मतगणना झन्झटिलो भएको छ ।

यी हुन् आफैंलाई भोट नहाल्ने उम्मेदवारहरू