युक्रेनले सफलतापूर्वक रुसको प्रत्याक्रमण गरिरहेको छ : अमेरिका
काठमाडौं । युक्रेनी सेनाले रुसद्वारा जारी आक्रमण सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ । रुसले युक्रेनविरुद्ध आक्रमण गरेको एक महिना पुग्नै लाग्दा अमेरिकाको यस्तो भनाइ आएको हो ।
अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार युक्रेनी सेनाले आफ्नो दक्षिणी भेगमा रुसविरुद्ध डटेर सामना गरिरहेको छ । नियन्त्रण जमाइसकेको क्षेत्रबाट रुसी सेनालाई पछाडि धकेल्न युक्रेनी सेनाले सफलतापूर्वक कारबाही अघि बढाइरहेका छन् ।
राजधानी किएभको स्थलगत रिपोर्टिङमा रहेका बिबिसीका संवाददाता जिज डुसेटले रुसी आक्रमणको सुरुवातमा निकै रक्षात्मक रहेका युक्रेनी सेना अहिले प्रत्याक्रमणमा उत्रिरहेको जनाएका छन् । क्राइमियाको सबैभन्दा नजिकको क्षेत्र खेअरसन सहर रुसी सेनाको कब्जामा छ । त्यसलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत छन् ।
त्यसैगरी, दक्षिणी सहर भोज्नेसेन्स्कका स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्यांकको लहरलाई नै ध्वस्त पारिदिएका छन् । जहाँबाट अहिले रुसी सेना पछि हटिसकेको बताइएको छ । माकारिभमा रहेका रुसी सेनालाई पछि हट्न युक्रेनले बाध्य पारेका छन् ।
केही स्थानमा भने लडाइँ चलिरहेको छ । मारिओपोलमा दुवै पक्षबीच भिडन्त भइरहेका विवरण आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया