रुसले कब्जा गरेको क्षेत्र युक्रेनले फिर्ता गर्ने दाबी
काठमाडौं । युक्रेनले रुसीले कब्जा गरेको आफ्नो क्षेत्रहरु फिर्ता लिन सफल हुने दाबी गरेको छ ।
युक्रेनको दाबीपछि अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले पत्रकारहरुसँग कुराकानी गर्दै युक्रेनले देशका रक्षाका लागि निकै रचनात्मक तरिकाले लागेको बताएका छन् । उनले भने, ‘हामीले युक्रेन अझै आक्रमक भएको संकेत देखिरहेका छौं । हामीले दक्षिण क्षेत्र खेरसोनमा फिर्ता लिन सफल भएको देखेका छौं ।’
किर्बीले युक्रेनी सुरक्षाबलले जवाफी आक्रमणको तयारी गरिरहेको पनि बताए । ‘युक्रेनीहरुले धेरै बलियो प्रतिरक्षा गरिरहेका छन् । रुसीहरूले कुनै रणनीतिक उद्देश्य हासिल गरेका छैनन्, वा धेरै क्षतिबिना केही हासिल गरेका छैनन् ।’
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको झन्डै एक महिना पुग्न लागेको छ । युक्रेनमा लगातार प्रहार गरिरहँदा युक्रेनी बलले यसको डटेर प्रतिरोध गरेको छ । युक्रेनको कुल भूभागको एक चौथाइ क्षेत्रफल रुसले आफ्नो नियन्त्रणमा लिए पनि राजधानी किएभलगायतका स्थान कब्जा गर्न रुसले सकेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया