युक्रेनको समर्थनमा सडकमा उत्रिन संसारभरका मानिसलाई जेलेन्स्कीको अपिल

काठमाडौं । सडकमा उत्रिएर आफ्नो देशको समर्थन गर्न युक्रेनले विश्वलाई अपिल गरेको छ ।
रुसले आफ्नो मुलुकलाई आक्रमण गरेको एक महिना पुगेको दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वलाई आफ्नो देशको पक्षमा उभिन आग्रह गरेका हुन् ।
‘तपाईंहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्,’ जेलेन्स्कीले अपिलमा भनेका छन् ।
अपिलमा उनले रुसी आक्रमणका कारण युक्रेनी जनता र यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उल्लेख गरेका छन् ।
रुसले पछिल्लो एक महिनादेखि युक्रेनमाथि आक्रमण जारी राखेको छ । बुधवार मात्रै युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर बमबारी भएका विवरण सार्वजनिक भएका छन्।
तथापि, पश्चिमा राष्ट्रहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र रुसको कब्जामा रहेका कतिपय सहरलाई समेत पुनः नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया