NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तरुण दलका नयाँ अध्यक्ष विद्वान गुरुङ को हुन् ?

काठमाडौं । एक कार्यकाल अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिवको भरमा चलेको कांग्रेसकाे युवा संगठन नेपाल तरूण दलमा नयाँ अध्यक्ष चयन भएका छन् । सुरूमा चार र विवादपछि तीन पदाधिकारीकै भरमा एक कार्यकाल गुजारेपछि फेरि पनि तत्काल अध्यक्ष मात्रै चयन भएका हन् ।

सुरूमा चार पदाधिकारी चयन भएका थिए । तर अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्कालाई निकालेको घोषणा गरेपछि विवाद बढ्न पुग्यो । विवादका बीच अध्यक्ष बस्नेतले महासचिवलाई निकालेपछि तीन पदाधिकारीमात्रै बाँकी थिए । तर यिनीहरूको पनि कार्यकाल सकिएपछि देउवाले अध्यक्ष चयन गरेका हुन् ।

पर्वतका विद्वान गुरुङलाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनित गरेका हुन् । यस अघिको केन्द्रीय कार्यसम्पादन समितिले सभापतिलाई यो अधिकार दिएको थियो ।

नेपाल तरुण दलको पर्वतको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र कोषाध्यक्ष हुँदै विद्वान अध्यक्ष भएका हुन् ।

उपाध्यक्ष उत्तम चापागाईं पनि अध्यक्षको दाबेदार थिए । तर देउवाले बालकृष्ण खाण निकटका गुरुङलाई अध्यक्ष बनाएका हुन् । उपाध्यक्ष चापागाईं कृष्णप्रसाद सिटौला निकटका नेता हुन् । यस अघि कारवाहीमा परेका भुपेन्द्रजंग शाही पनि अध्यक्ष दाबेदार थिए । तर पहिलेको एक अर्कालाई कारवाही गरेको लफडाले शाही दाबेदार भएर पनि अध्यक्ष् बन्ने अवस्था भएन । उनी खुलेर डा. शेखर कोइराला पक्षमा सक्रिय छन् ।

अध्यक्ष चयन गर्दा सामान्य छलफलसमेत नगरेकाे निर्तमान उपाध्यक्ष उत्तम चापागाईं बताउँछन् । ‘म तरुण दल अध्यक्षको लागि यस अघिको कमिटीमा भएका हामी पदाधिकारी सबै योग्य नै थियौं’ निवर्तमान उपाध्यक्ष चापागाईं भन्छन्, ‘तर अध्यक्ष चयन गर्ने बेलामा हामीसँग सामान्य परामर्शसमेत गरिएन । सभापतिलाई अधिकार दिएपछि अब कसलाई बनाए बनाएनन् भनेर विरोध गर्ने अवस्था होइन । तर सामान्य छलफल गरेको भए हुन्थ्यो भन्ने मात्रै हो ।’

को हुन् नेविसंघका नयाँ अध्यक्ष दुजाङ शेर्पा ?

गुरुङ महेन्द्र यादव तरुण दलको अध्यक्ष हुँदा केन्द्रीय सदस्य भएका थिए । उनी राजनीतिक परिवारबाट भने नभएको बताइन्छ । उनका बाबु हङकङ निवासी भएको एक नेता बताउँछन् । पर्वत तरुण दलको अध्यक्ष र केन्द्रीय सदस्य हुँदासम्म गुरुङ पर्वतमा नै बस्ने गरेका थिए । कोषाध्यक्ष भएपछि भने काठमाडौंमै बस्न थालेको बताइन्छ ।

तर शेखर पक्षले नेविसंघ र तरुण दलमध्ये एउटामा दाबी गरेको थियो । यस अघि पनि देउवा पक्षले तरुण दलको अध्यक्ष पाएको भन्दै यसपटक आफूहरूले पाउनुपर्ने तर्क गरेको थि यो । तर देउवाले खाणको प्रस्तावमा उनी निकटकै गुरुङलाई अध्यक्ष बनाएका हुन् ।

तर यस अघि पनि चार पदाधिकारीले मात्रै चलेको तरुण दलमा यसपटक सुरुबाटै सिंगो कार्यसमिति चयन गर्नुपर्ने दबाब डा. शेखर कोइराला पक्षले बढाए पनि सम्भव भएन । बुधबार बिहान मात्रै पनि डा. शेखर कोइरालाले देउवासँग टेलिफोन कुराकानीमा सहमतिमा भ्रातृ संस्थाको नेतृत्य चयन गर्नुपर्ने बताएका थिए । तर बुधबार दिउसो नै देउवाले नेविसंघ र तरुण दलमा अध्यक्ष चयन गरे । यसमा शेखर पक्षले सुरुबाटै आपत्ति जनाएको छ । सभापति देउवाले अध्यक्ष मात्रै चयन गरेर तीनवटै तहको निर्वाचन भएको तीन महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिएका छन् ।

नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ्ग