NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

युक्रेनमा रुसी पत्रकार मारिइन्

किएभ । युक्रेनको राजधानी किएभमा एक रुसी पत्रकार मारिएकी छन् । रुसी सेनाले एक आवासीय भवनमा आक्रमण गरेर क्षति पुर्याएपछि त्यसको दृश्य लिइरहेकी ओक्सना बालिना मारिएकी हुन् ।

द इन्साइडरका अनुसार ओक्सानाकोे किएभको पोडिल जिल्लामा कामको सिलसिलामा बम विस्फोटमा परेर मृत्यु भएको हो ।

सम्पादकीय कार्यालय लात्भिया रहेको रुसी अनुसन्धानात्मक वेभसाइटले रुसी हमलामा परेर अर्का रुसी नागरिक पनि मारिएको जनाएको छ । सो घटनामा रुसी पत्रकारसँगै रहेका अन्य दुई व्यक्ति घाइते भएर अस्पताल भर्ना भएका छन् ।

बालिना रुसी अधिकारीहरुले ‘चरमपन्थी’ घोषणा नगर्दासम्म रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको भ्रष्टाचारविरुद्ध काम गर्ने ‘एन्टी-करप्सन फाउन्डेसन’मा काम गरेकी थिइन् ।

विपक्षीको समर्थनमा भएका कारण उनले देश छोडेर गएकी थिइन र द इन्साइडरका लागि भ्रष्टाचारका बारेमा काम गरिरहेकी थिइन् ।

रुसले युक्रेनमा युद्ध सुरु गरेदेखि बालिनाले किएभ र पश्चिमी युक्रेनको लिभबाट धेरै रिपोर्टहरु फाइल गरेकी थिइन् । द इन्साइडरले बालिनाको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

अस्तित्व खतरामा भए आणविक हतियार प्रयोग हुनेछः रुस