NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

युक्रेनलाई थप हतियार दिन पश्चिमा नेताहरू सहमत

काठमाडौं । पश्चिमा राष्ट्रहरू युक्रेनलाई थप सैन्य सामग्री सहायता गर्न सहमत बनेका छन् ।

सैन्य गठबन्धन नेटो, युरोपेली संघ, इयू, र जी सेभेनको शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरू युक्रेनको समर्थन र रुसको विपक्षमा खडा भएका हुन् ।

ब्रसल्समा सम्पन्न ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी थिए। तीमध्ये अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले विनाकारण रुसले युक्रेनमाथि आक्रमण गर्नु अनुचित भएकाले एकताबद्ध भएको बताए ।

रुसले अकारण युक्रेनमाथि हमला गरेकाले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउन उनीहरूले सहमति गरेका छन् । बिबिसीका अनुसार, बेलायतले युक्रेनलाई अहिले दिइरहेको क्षेप्यास्त्र दोब्बर पार्ने वचन दिएको छ ।

रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्ने निष्कर्ष पनि विश्वका नेताहरूले निकालेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष