युक्रेनलाई थप हतियार दिन पश्चिमा नेताहरू सहमत
काठमाडौं । पश्चिमा राष्ट्रहरू युक्रेनलाई थप सैन्य सामग्री सहायता गर्न सहमत बनेका छन् ।
सैन्य गठबन्धन नेटो, युरोपेली संघ, इयू, र जी सेभेनको शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरू युक्रेनको समर्थन र रुसको विपक्षमा खडा भएका हुन् ।
ब्रसल्समा सम्पन्न ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी थिए। तीमध्ये अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले विनाकारण रुसले युक्रेनमाथि आक्रमण गर्नु अनुचित भएकाले एकताबद्ध भएको बताए ।
रुसले अकारण युक्रेनमाथि हमला गरेकाले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउन उनीहरूले सहमति गरेका छन् । बिबिसीका अनुसार, बेलायतले युक्रेनलाई अहिले दिइरहेको क्षेप्यास्त्र दोब्बर पार्ने वचन दिएको छ ।
रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्ने निष्कर्ष पनि विश्वका नेताहरूले निकालेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया