बझाङमा करणी गरेर गहना लुटपाट, दुई भारतीय समातिए

बझाङ । बझाङमा एक महिलामाथि जबरजस्ती करणी गरी गहना लुटपाट भएको छ । करणी र लुटपाटमा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गत चैत गते केदारस्युँ गाउँपालिका–५ एक महिलामाथि करणी गरेर लुटपाट गरिएको थियो । जसमा संलग्नको आरोपमा भारतको पश्चिम बंगाल प्रान्त माल्दाका २९ वर्षीय विजय राजवंशी र सन्तान मुर्मु भनिने २२ वर्षीय सनातन मुर्मुलाई नियन्त्रणमा लिइएको हो ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार दुवै जना कालङ्गा हाइड्रोपावरका मजदुर हुन् ।
महिलामाथि जबरजस्ती करणी गरेर ३ तोला ४ आनाबराबरको सुनको गहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया