NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

नेपालगन्ज उपमहानगरमा रोचक प्रतिस्पर्धा, एमालेले मिश्रालाई दाउमा लगाउने

काठमाडाैं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलले निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । दलहरू चुनावी कार्यक्रमसहित गाउँ–गाउँ पसेका छन् । नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने अभियान थालेको छ । नेकपा एमालेले एक चरणको प्रदेशस्तरीय प्रशिक्षण सकेको छ । माओवादी केन्द्रले प्रदेश प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी पनि आन्तरिक तयारीमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी सभा नै थालिसकेको छ । दलहरूका यी चुनावी गतिविधिले नेपालगन्ज उपमहानगरपालिकामा पनि रौनक बढ्न थालेको छ । राजनीतिक धरातल धेरै बलियो नभएको र जनसङ्गठन पनि चुस्त नरहेको अवस्थामा राप्रपाले २०७४ सालको चुनावमा उपमहानगरको मेयर जितेको थियो । विगतको चुनावी नतिजा, दल विभाजन र फेरबदलले नेपालगन्ज उपमहानगरको चुनावी माहोलमा प्रभाव पार्न सक्ने देखिएको छ ।

चुनावी माहोल

उपमहानगरमा चुनावी माहोल सुरु भइसकेको छ । मेयर डा. धवलशमशेर राणाले फेरि प्रमुखमा नदोहोरिने घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्यमा लड्ने उनको योजना छ । कांग्रेसबाट जितेकी उपमेयर उमा थापामगर मेयरमा टिकट पाए लड्ने, तर अहिलेकै पदमा नदोहोरिने अडानमा छिन् । हालका वडाध्यक्षमध्ये राप्रपाका सफिक बेहनाले पनि मेयरमा दाबी गरेकी छिन् ।

कांग्रेसबाट २०७४ सालको निर्वाचनमा उम्मेदवार भएर तीन हजार सात सय ८५ मतान्तरले पराजित भएका नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले फेरि उम्मेदवार बन्न लबिङ गरिरहेका छन् । उपमेयर थापासँग उम्मेदवारीका लागि उनले प्रतिस्पर्धा गर्नुपर्नेछ ।

एमालेले हालै हृदयेश त्रिपाठीको समूहबाट एमाले प्रवेश गरेका जिल्ला विकास समिति बाँकेका पूर्वसभापति पशुपतिदयाल मिश्रालाई मेयरमा उठाउने तयारी गरेको छ । २०७४ सालको सङ्घीय निर्वाचनमा मिश्रा सूर्य चिह्न लिएर चुनाव लडेका थिए । बाँके क्षेत्र नम्बर १ मा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट मोहम्मद इस्तियाक राई २१ हजार पाँच सय ७५ मत ल्याई विजयी हुँदा मिश्राले १५ हजार पाँच सय ९१ मत ल्याएका थिए । एमाले नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पनि मेयरमा आकाङ्क्षा राखेका छन् ।

कांग्रेसबाट २०७४ सालको निर्वाचनमा उम्मेदवार भएर तीन हजार सात सय ८५ मतान्तरले पराजित भएका नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले फेरि उम्मेदवार बन्न लबिङ गरिरहेका छन् । उपमेयर थापासँग उम्मेदवारीका लागि उनले प्रतिस्पर्धा गर्नुपर्नेछ । माओवादी केन्द्रबाट नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले टिकटका लागि दौडधुप गरिरहेका छन् । जनता समाजवादी पार्टीबाट २०७४ सालमा मेयरका उम्मेदवार बनेका कमरुद्दिन राईले पुनः मेयरमा लड्ने घोषणा नै गरिसकेका छन् ।

विगतको मतपरिणाम

२०७४ सालको स्थानीय निर्वाचनमा १४ जना उम्मेदवारलाई पछि पार्दै डा. धवलशमशेर राणाले बाजी मारे । उनले १२ हजार पाँच सय १५ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेशकुमार कनोडियाले आठ हजार सात सय ३० मत प्राप्त गरे । राणालाई पार्टीको जनाधारभन्दा पनि २०५४ सालमा मेयर हुँदा गरेको कामलाई मूल्याङ्कन गरेर मतदाताले मेयरमा जिताएका हुन् । माओवादी केन्द्रका दामोदर आचार्य सात हजार एक सय ९८ मतसहित तेस्रो स्थानमा रहे । एमालेका समसुद्दिन सिद्दिकीले ६ हजार नौ सय ६५, तत्कालीन सङ्घीय समाजवादी फोरमका कमरुद्दिन राईले पाँच हजार चार सय ४१ र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ऋतु शाहीले ६ सय ४७ मत प्राप्त गरे ।

अहिलेका मेयरले सङ्घीय संसद्को उम्मेदवार बन्ने बताएका छन् । राप्रपामा राणाजत्तिको उचाइ भएका नेता अरू छैनन् । फेरि दोहोरिन चाहे पनि उनलाई सजिलो छैन । राप्रपा विभाजित भएर कमल थापाले राप्रपा नेपाल बनाएपछि मत बाँडिने निश्चित देखिएको छ ।

उपमेयरमा कांग्रेसबाट उमा थापामगरले नौजना उम्मेदवारलाई पछि पारिन् । उनले १० हजार सात सय ३१ मत ल्याउँदा प्रमुख प्रतिद्वन्द्वी राप्रपाकी रमारानी गुप्ताले आठ हजार नौ सय २४ मत ल्याइन् । एमालेकी शान्तीदेवी ढकालले सात हजार सात सय ७३, माओवादीकी कलामुन अन्सारीले सात हजार ६७, तत्कालीन नयाँ शक्ति पार्टीकी शोभाकुमारी लखेरले पाँच हजार तीन सय ८९ र फोरम लोकतान्त्रिकका मिस बाहुन हक अन्सारीले एक हजार दुई सय ७७ मत प्राप्त गरे ।

नयाँ खोज्ने मतदाताका बीच उम्मेदवारीका लागि होड

नेपालगन्जका मतदाताले हरेक निर्वाचनमा नयाँ–नयाँ उम्मेदवारलाई मत दिँदै आएका छन् । लगातार निर्वाचन जितेका उम्मेदवार नेपालगन्जमा निकै कम छन् । डा. धवलशमशेर राणा पनि पाँचवटा चुनाव लड्दा दुईपटक मात्रै विजयी भए । लगातार चुनाव जितिरहने नेता बाँकेमै निकै कम छन् । कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला पनि पाँचपटक चुनाव लड्दा दुईवटामा पराजित भएका थिए ।

अहिलेका मेयरले सङ्घीय संसद्को उम्मेदवार बन्ने बताएका छन् । राप्रपामा राणाजत्तिको उचाइ भएका नेता अरू छैनन् । फेरि दोहोरिन चाहे पनि उनलाई सजिलो छैन । राप्रपा विभाजित भएर कमल थापाले राप्रपा नेपाल बनाएपछि मत बाँडिने निश्चित देखिएको छ ।
मेयर राणासँग हारेका कांग्रेसका सुरेशकुमार कनोडिया फेरि उम्मेदवार बन्ने सम्भावना बढी छ । कांग्रेसबाट केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले पनि आकाङ्क्षा राखेका छन् । माओवादीका केन्द्रीय सदस्य अतहर हुसेन फारुखी दाबेदारमा अगाडि छन् ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल एमालेको जनाधार भने कमजोर छ । यसै पनि कमजोर रहेको एमाले विभाजित भएपछि झन् कमजोर भएको छ । त्यसैले नेपालगन्ज क्षेत्रमा राम्रो जनाधार भएका मिश्रालाई एमालेले पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने तयारी गरेको छ । मिश्राले सङ्घीय चुनावमा नेपालगन्ज उपमहानगरपालिका अधिकांश वडासमेत रहेको बाँकेको क्षेत्र नम्बर २ बाट उम्मेदवार भएर राम्रै मत ल्याएका थिए । उनलाई मेयरको उम्मेदवार बनाउने सहमति गरेरै एमाले अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याएको नेपालगन्ज क्षेत्रमा चर्चा छ ।

दलहरू एकल रूपमा चुनाव लड्ने हो भने बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना छ । यदि सङ्घीय सरकारको गठबन्धन कायमै रहेर चुनावमा जाने सहमति भए नेपालगन्जमा पनि त्यसकै पल्ला भारी हुने विश्लेषण गरिएको छ ।

आम नागरिकले विकासप्रेमी, भिजन भएको, उपमहानगरपालिकाको काममा धेरै समय दिन सक्ने र केन्द्रको राजनीतिमा पनि प्रभाव पार्ने नेता आगामी दिनमा मेयर बनोस् भन्ने चाहेका छन् । २३ वटा वडा रहेको उपमहानगरमा २०७४ को निर्वाचनमा ६२ हजार तीन सय ९७ मतदाता रहेकोमा अहिले झन्डै २० हजार मतदाता थपिएका छन् ।

विगतमा कसको पल्ला भारी ?

नेपालगन्जको मेयरमा २०४९ सालमा कांग्रेसबाट विजयकुमार गुप्ता र उपमेयरमा सुरेन्द्र हमालले जितेका थिए ।
२०५४ सालको निर्वाचनमा एमालेबाट अहिलेका मेयर डा. धवलशमशेर राणा र उपमेयर समसुद्दिन सिद्दिकीले बाजी मारे ।
२०७४ सालमा राप्रपाबाट डा. राणा मेयर र उपमेयरमा कांग्रेसबाट उमा थापामगरले चुनाव जिते ।

यसपटक कसले मार्ला बाजी ?

जनाधारका हिसाबले नेपालगन्जमा अहिले कांग्रेस बलियो देखिन्छ । तर, चुनावी परिमाण आकलन गर्न मुस्किल छ । नेपालगन्जका बासिन्दा एवं त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यका अनुसार नेपालगन्जको चुनावमा धर्म, मधेसी–पहाडी, हिन्दू–मुस्लिमजस्ता फ्याक्टरले काम गर्न सक्छन् । कुन पार्टीले कुन समुदायका उम्मेदवार उठाउँछन् भन्ने कुराले ठूलो असर पार्ने आचार्यको विश्लेषण छ । मुख्य पार्टीबाट एउटै समुदायका उम्मेदवार भए पनि जाति र धर्मका आधारमा आउने मत बाँडिएर अर्को पार्टीले जित्ने सम्भावना पनि नकार्न सकिन्न ।

एमालेबाट मिश्राले टिकट पाए कांग्रेस र एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, दलहरूबीचको गठबन्धन कस्तो बन्छ, त्यस आधारमा मात्रै उपमहानगरमा मेयर र उपमेयर अवस्था निर्धारण हुनेछ । दलहरू एकल रूपमा चुनाव लड्ने हो भने बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना छ । यदि सङ्घीय सरकारको गठबन्धन कायमै रहेर चुनावमा जाने सहमति भए नेपालगन्जमा पनि त्यसकै पल्ला भारी हुने विश्लेषण गरिएको छ । किनकि कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको मत एकैठाउँमा आउँदा निकै बढी हुनेछ । एकीकृत समाजवादीले पनि धेरथोर मत काट्ने भएकाले गठबन्धन बनेको अवस्थामा एमाले चुनावी रेसबाटै बाहिरिन सक्नेछ । तर, गठबन्धनकारी दलबीच भागबन्डा मिल्न भने सकस छ ।