NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २३ गते

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त 

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।

पण्डितलाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो । वि.सं. २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा रहेर काम गरिसकेका छन् ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।