NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु

बझाङ । बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

आफन्तका अनुसार बोहरा घर नजिकैको जंगलमा बाख्राको लागि घाँस काट्ने बेला रुखबाट खसेका थिए । एक्लै जंगल गएका उनी दिउँसो रुखबाट खसे पनि आफन्तले भने साँझ मात्र थाहा पाएको बताईएको छ ।

मृतक बोहराका एक छोराको पनि केही वर्षअघि जंगलमै मृत्यु भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष