बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु
बझाङ । बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
आफन्तका अनुसार बोहरा घर नजिकैको जंगलमा बाख्राको लागि घाँस काट्ने बेला रुखबाट खसेका थिए । एक्लै जंगल गएका उनी दिउँसो रुखबाट खसे पनि आफन्तले भने साँझ मात्र थाहा पाएको बताईएको छ ।
मृतक बोहराका एक छोराको पनि केही वर्षअघि जंगलमै मृत्यु भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया