सार्वजनिक खरिद नियमावली संशोधनमा निर्माण व्यवसायीको आपत्ति, राष्ट्रिय भेला गर्दै
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । महासंघले नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद नियमालीको एघारौँ संशोधनमा आपत्ति जनाउँदै राष्ट्रिय भेलाको आयोजना गर्न लागेको जनाइएको छ ।
राष्ट्रिय भेलाको आयोजना आउँदाे चैत्र १४ गते बिहान ८ बजे स्काई दरबार बैंक्वेयटमा गर्न लागेको महासंघले विज्ञत्तिमार्फत जानकारी दिएको छ । महासंघले संशोधनमा भएको त्रुटी, निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि र बीमासम्बन्धी जारी गरिएको निर्देशिकालगायत विषयमा आपत्ति जनाएका छन् ।
उक्त संशोधन उद्योगको हित विपरित हुने गरी आएको प्रावधानहरुमा संशोधन गराई निर्माण उद्योग मैत्री बनाउने विषयमा छलफलको लागि महासंघले राष्ट्रिय भेला आयोजना गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।
भेलामा प्रदेश महासंघ, जिल्ला संघ र वस्तुगत संघ सदस्यहरूबाट अध्यक्ष तथा महासचिवसहित ३ जना र सबै एशाेसिएट रहने गरी तोकिएको समयमा उपस्थित हुन महासंघले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
hello world
-
Understanding Slot RTP Guidelines: A Comprehensive Overview to Return to Player Values
-
Learning about Various Crash Gaming Formats and Its Special Gameplay Mechanics
-
I migliori casino non AAMS per giocare su internet in sicurezza e libertà
-
Link Factory verification
-
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह


प्रतिक्रिया