NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

सर्लाही बस दुर्घटना अपडेट : दुई जनाको सनाखत

काठमाडाैं । सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत भएको छ ।

सर्लाही प्रहरीका अनुसार मृत्यु हुने भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ रहेको छ ।

दुर्घटनामा मृत्यु हुने एक जना पुरुष र एक जना महिलाको भने सनाखत हुन नसकेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

आइतबार वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष