NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

युक्रेनी मन्त्रीसँग अमेरिकी राष्ट्रपति बाइडेनको भेट

वार्सा । अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्यान्डको राजधानी वार्सामा युक्रेनका विदेश तथा रक्षा मन्त्रीसँग छलफल गरेका छन् । युक्रेनमा रुसले गरेको आक्रमणपछि बाइडेन पहिलोपटक युक्रेनी मन्त्रीसँग वार्ता गरेका हुन् ।

युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेजनिकोभ युक्रेनबाट बाहिर गएर अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । रुसी सेनाविरुद्धको लडाईमा युक्रेनको आत्मविश्वासका रुपमा यी घटनालाई हेरिएको छ ।

बाइडेन र ती मन्त्रीहरुबीच सिटी सेन्टरमा वार्सा रेल स्टेशनको अर्कोतर्फ रहेका मेरिअट होटलमा कुराकानी भएको हो । पोल्यान्डको यस सहरमा ठूलो संख्यामा युक्रेनी शरणार्थीहरु रहेका छन् ।

समाचार एजेन्सी एएफपीका संवाददाताका अनुसार छलफल टेबुलको एकतर्फ बाइडेन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रक्षामन्त्री लोयड अस्टिन थिए भने अर्कोतर्फ कुलेबा र रेजनिकोभ बसेका थिए ।

युक्रेनी मन्त्रीहरुले देशको सार्वभौम र क्षेत्रीय अखण्डताप्रति दृढ रहेको बताए । अमेरिकाले भने युक्रेनलाई मानवीय सहायता, सुरक्षा र आर्थिक सहयोग उपलब्ध गराइरहने भनेका थिए ।

यसभन्दा अगाडि बाइडेनले कुलेबासँग युक्रेन युद्ध सुरु हुनुभन्दा दुई दिन अगाडि २२ फेब्रुअरीमा कुराकानी गरेका थिए । यसपछि ब्लिंकन र कुलेबा पोल्यान्डमा मार्च ५ मा भेट भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष