NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

रुसी धनाढ्यले कहाँ लुकाउँछन् अर्बौ डलर ‘डार्क मनी’ ?

काठमाडौं । पछिल्ला दशकमा रुसका कुलीन वर्गले अर्बौं डलर अवैध आम्दानी विदेशमा राख्ने गरेका छन् । उनीहरुले यी सम्पत्ति पत्ता लगाउन नसक्ने गरी राख्छन् ।

युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि विश्वका कतिपय देशले डार्क मनी खोज्नका लागि नयाँ प्रतिबन्ध र कानुनको सहारा लिएका छन् । यस कदमले रुसका राष्ट्र भ्लादिमिर पुटिन नजिकका ओलिगार्कहरुलाई क्षति पुग्ने सम्भावना छ ।

अमेरिकाको एक थिंंक ट्यांक एटलान्टिक काउन्सिलले रुसीहरुले विदेशमा झन्डै १ हजार अर्ब डलर लुकाएको अनुमान गरेको छ । संस्थाले सन् २०२० मा जारी आफ्नो रिपोर्टमा यस राशिको एक चौथाइ हिस्सा रुसी राष्ट्रपति पुटिन र उनका नजिकका सहयोगीसँग रहेको बताएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘रूसले यो पैसा जासुसी, अतिवाद, औद्योगिक जासुसी, घुसखोरी, राजनीतिक हेरफेर, प्रचार र अन्य धेरै कुराहरूमा प्रयोग गर्न सक्छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘रूसले यो पैसा जासुसी, अतिवाद, औद्योगिक जासुसी, घुसखोरी, राजनीतिक हेरफेर, प्रचार र अन्य धेरै कुराहरूमा प्रयोग गर्न सक्छ ।

अमेरिकाको एक थिंक ट्यांक नेसनल एन्डोमन्ट फर डेमोक्रेसीले पुटिनले आफ्ना सहयोगीलाई यस किसिमको डार्क मनी बनाउन प्रोत्साहित गरेको बताउँछ । संस्थाका अनुसार पुटिनले आफ्ना सहयोगीहरूलाई राज्यको बजेटबाट चोरी गर्ने, निजी व्यवसायहरूबाट पैसा उठाउने र नाफा कमाउने उद्यमहरू कब्जा गर्ने योजना बनाउन प्रोत्साहन गरे । यसरी हजारौं करोडमा चल्ने निजी व्यवसायीलाई तयार पारेको यस संस्थाको भनाइ छ ।

रुसका विपक्षी नेता बोरिस नेम्त्सोव र भ्लादिमिर मिलोबले सन् २००४ देखि २००७ को बीच तेलको कम्पनी गजप्रोमको पैसाबाट पुटिननजिकका व्यापारीहरुलाई ६० अर्ब डलर ट्रान्सफर गरिएको दाबी गर्छन् । इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले पेन्डोरा पेपपर्सको जारी गर्दै पुटिनका नजिकका व्यापारी निकै धनी भएको बताएको थियो । यी व्यवसायीले आफ्नो सम्पत्ति यताउता सार्न सघाउन सक्ने दाबी गरिएको छ ।

अमेरिकाले रुसी कुलीन वर्गको पैसामाथि कारबाही गर्न ‘क्लेप्टोक्याप्चर’ नामक कार्यदल गठन गरिरहेको छ । गैरकानूनी माध्यमबाट उठाइएको सम्पत्ति जफत गर्न गठन गरिएको यस कार्यदललाई त्यहाँको न्याय विभागले सम्हाल्नेछ ।

विगतमा, धेरै जसो पैसा साइप्रसमा गयो, किनभने त्यहाँ कर प्रणाली अनुकूल थियो । धेरैका लागि यो टापु भूमध्यसागरको मस्को भनेर चिनिन थाल्यो । एट्लान्टिक काउन्सिलका अनुसार सन् २०१३ मा मात्र रुसबाट ३६ अर्ब डलर ट्रान्सफर भएको थियो ।

धेरैजसो पैसा त्यहाँ सेल कम्पनी अर्थात् नक्कली कम्पनीहरूमार्फत पुग्यो । यस्ता कम्पनीहरू वास्तविक मालिकहरू लुकाउन प्रयोग गरिन्छ । सन् २०१३ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले साइप्रसलाई सेल कम्पनीहरूको हजारौं बैंक खाताहरू बन्द गर्न लगायो ।

बेलायतनियन्त्रित टापुहरू जस्तै ब्रिटिश भर्जिन टापु र केम्यान टापुहरु पनि रूसी पैसाको लागि मनपर्ने गन्तव्यहरू हुन् । यसमध्ये केही पैसा लगानीका लागि न्यूयोर्क र लन्डन जस्ता प्रमुख वित्तीय सहरहरूमा पठाइन्छ ।

ग्लोबल विटनेसको एक रिपोर्टमा भनिएको छ, सन् २०१८ मा करिब ४५ अर्ब बिलियन रूसको कुलीन वर्गहरू नजिकका ‘कर हेभन’ स्थानहरूमा रहेको छ । भ्रष्टाचार विरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले बेलायतमा कम्तिमा २ अर्ब डलरको सम्पत्ति आर्थिक अपराधको आरोपमा संलग्न रुसी वा क्रेमलिनसँग नजिकका व्यक्तिको रहेको दाबी गरेको छ ।

सन् २०१४ मा अर्गनाइज्ड क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्टले जारी गरेको ‘रसियन लन्ड्रोम्याट’ शीर्षकको प्रतिवेदनमा रुसको ‘मनी लन्ड्रिङ’को व्यापकतालाई हाइलाइट गरिएको थियो ।

युक्रेनमा भएको आक्रमणपछि पश्चिमी देशहरूले रुसी पैसा पत्ता लगाउन विभिन्न उपाय प्रयोग गर्न सुरु गरेका छन् । अमेरिकाले रुसी कुलीन वर्गको पैसामाथि कारबाही गर्न ‘क्लेप्टोक्याप्चर’ नामक कार्यदल गठन गरिरहेको छ ।

प्रतिवेदनमा सन् २०११ देखि २०१४ सम्म रुसका १९ वटा बैंकले ९६ देशका ५ हजार १४० कम्पनीको २१ अर्ब डलर ब्ल्याकबाट ह्वाइट (कालोबाट सेतो) मा परिणत गरेको दाबी गरेको छ ।

पैसा लुकाउने सबैभन्दा सजिलो उपाय सेल कम्पनीहरु हुन् । रुसी कुलीनहरूले मुख्यतया आफ्नो पैसा विदेशमा लुकाउन यीनै कम्पनीहरूको सहारा लिन्छन् । काउन्सिलका अनुसार यी कुलीनहरूले पैसा लुकाउन र लुकाउने कानुनी माध्यमहरू विकास गर्न संसारका उत्कृष्ट वकिलहरू, लेखा परीक्षकहरू, बैंकरहरूलाई काममा लगाउँछन् ।

इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टले सन् २०१६ मा ‘पानामा पेपर्स’ प्रकाशित गरेको थियो । यसले एउटै कम्पनीले रूसी कुलीन वर्गका लागि २ हजार ७१ वटा सेल कम्पनी चलाएको थियो । यी सेल कम्पनीहरु गुमनाम हुन्छन् र भित्रभित्रै करेन्टको गतिमा पैसा प्रवाह हुन्छ ।

युक्रेनमा भएको आक्रमणपछि पश्चिमी देशहरूले रुसी पैसा पत्ता लगाउन विभिन्न उपाय प्रयोग गर्न सुरु गरेका छन् ।

अमेरिकाले रुसी कुलीन वर्गको पैसामाथि कारबाही गर्न ‘क्लेप्टोक्याप्चर’ नामक कार्यदल गठन गरिरहेको छ । गैरकानूनी माध्यमबाट उठाइएको सम्पत्ति जफत गर्न गठन गरिएको यस कार्यदललाई त्यहाँको न्याय विभागले सम्हाल्नेछ ।

बेलायत सरकारले अनएक्सपेक्टेड वेल्थ अर्डरको प्रयोग बढाउने निर्णय गरेको छ । यसपछि बेलायतमा मानिसहरुले कुनै पनि आर्थिक गतिविधि गर्दा स्रोत खुलाउनु पर्नेछ । यदि त्यसो गर्न असफल भएमा उनीहरूको सम्पत्ति जफत हुन सक्छ ।

यसका साथै, खाता फ्रिजिङ अर्डरले कुनै पनि पैसा आपराधिक गतिविधिमार्फत कमाएको शंकामा अदालतलाई जफत गर्न आदेश दिने अधिकार दिन्छ । यसबाहेक सरकारले आर्थिक अपराध ऐन र विदेशी संस्थाको नियन्त्रणमा रहेको सम्पत्तिको दर्ता गर्न पनि स्वीकृति दिएको छ ।

अर्कोतर्फ, बेलायतले देशमा ठूलो लगानी गर्ने विदेशी नागरिकलाई त्यहाँ बस्न दिने ‘गोल्डेन भिसा योजना’ खारेज गरेको छ । रुसी पैसा धेरै जम्मा हुने माल्टाले पनि ‘गोल्डेन पासपोर्ट’ योजना अन्त्य गरेको छ । साइप्रस र बुल्गेरियाले सन् २०२० मा नै यसको अन्त्य गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष