सपनामा भगवानलाई गाली गरेको देखेपछि महिला शिक्षककाे हत्या
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाको पश्चिमी जिल्ला डेरा इस्माइल खानमा एक मदरसाबाहिर तीन महिलाले २१ वर्षीया महिला शिक्षककाे हत्या गरेका छन् । घटना मंगलबार बिहान डेरा इस्माइल खानको अन्जुमाबाद क्षेत्रमा भएको थियो । प्रहरीले तीन महिला आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक विवरण अनुसार घटना मंगलबार बिहान ७ बजे भएको थियो । पीडितका काकाले प्रहरीलाई दिएको बयानमा भतिजी पढाउने मदरसाका सञ्चालकले बिहान उनलाई बोलाएर मदरसाको गेटमा आक्रमण गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा हत्या गर्ने महिलाका अर्का आफन्तले पीडित शिक्षकले इश्वरको निन्दा गरेको सपनामा देखेका थिए, जसका कारण हत्या गरेको खुलेको छ । तर मदरसाका प्रबन्धक मौलाना शफिउल्लाहले कुनै पनि प्रकारको ईश्वरनिन्दाको खण्डन गरेका छन् ।
आतंकवादविरुद्धको लडाईका क्रममा डेरा इस्माइल खान सहर र यसको छेउछाउका क्षेत्रमा हिंसाका धेरै घटनाहरू सामुन्ने आएका छन् ।
सहरमा केही समययता लक्षित हत्याका घटना पनि बढ्दै गएका छन् । एक दिनअघि कुलाचीको इलाकामा घरको ढोकामा गोली प्रहार गरी एक प्रहरीको हत्या भएको थियो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया