श्रीलंकामा उर्जा संकटः दैनिक १० घण्टा विद्युत कटौती
कोलम्बो । श्रीलंकामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ ।
देशमा उर्जा संकट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।
दुई करोड २० लाख जनसंख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।
श्रीलंकामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले संकटमा रहेका छन् ।
पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले विजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाई छ ।
बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाई छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया