सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेल मुख्य एजेण्डा

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक अहिले बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने बालुवाटारनिकट स्रोतले जनाएको छ । नेताहरूको अनुसार, स्थानीय तहको चुनावी तालमेल मुख्य एजेण्डा रहेको छ ।
कांग्रेसमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी तालमेलको पक्षमा देखिएका छन् । तर, डा. शेखर कोइराला पक्ष भने विपक्षमा उभिएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायत सत्तारुढ दल भने तालमेल गरेरै चुनावमा जाने पक्षमा देखिएका छन् । आज बस्ने सत्ता साझेदारको बैठकले यसबारे छलफल गर्नेछ ।
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया