सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेल मुख्य एजेण्डा
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक अहिले बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने बालुवाटारनिकट स्रोतले जनाएको छ । नेताहरूको अनुसार, स्थानीय तहको चुनावी तालमेल मुख्य एजेण्डा रहेको छ ।
कांग्रेसमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी तालमेलको पक्षमा देखिएका छन् । तर, डा. शेखर कोइराला पक्ष भने विपक्षमा उभिएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायत सत्तारुढ दल भने तालमेल गरेरै चुनावमा जाने पक्षमा देखिएका छन् । आज बस्ने सत्ता साझेदारको बैठकले यसबारे छलफल गर्नेछ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया