नेपाली सेनाले माग्यो ४ हजार सैन्य (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले सैन्य पदमा चार हजार जनशक्तिका लागि विज्ञापन आह्वान गरेको छ । खुला, सैनिक परिवार, समावेशी कोटा छुट्याएर सेनाले बिहीबार दरखास्त आह्वान गरेको हो ।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको नेपाली सेनाले जनाएको छ ।
आठ कक्षा उत्तीर्ण भएका, १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । त्यसका लागि चैत १७ देखि वैशाख १६ गतेसम्मको समय दिइएको छ ।
दोब्बर दस्तुर बुझाएर भने वैशाख १६ गतेसम्म दरखास्त बुझाउन सकिने भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगीअड्डाले जनाएको छ ।
दरखास्त उपत्यका कमाण्ड हेर्डक्वार्टर नारायणहिटीदेखि बराहदल गुल्म, रानीवन क्यारेक, हुम्लासम्मका २७ वटा भर्ना केन्द्रमा बुझाउन सकिनेछ ।
प्रतिक्रिया