NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भरोसा सर्भिसेजमा रोजगारीको अवसर, माग्यो १३२ जना कर्मचारी

काठमाडौं । भरोसा सर्भिसेज प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सेल्स अफिसर, असिष्टेन्ट म्यानेजर अपरेशन, अफिस असिस्टेन्ट, हाउस किपिङ सुुपरभाइजरलगायत पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले असिष्टेन्ट म्यानेजर अपरेशन एक जना, सेल्स अफिसर तीन जना, अफिस असिस्टेन्ट २० जना, हाउस किपिङ ८ जना, ड्राइभर २० जना, मेसेन्जर २० जना र हाउस किपिङ स्टाफ ६० जना गरी १३२ जना कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार इच्छुक उम्मेदवारले आफ्नो व्यतिmगत विवरणसहित सूचना जारी भएको दश दिन भित्र कम्पनीमा सम्पर्क गर्नुपर्नेछ ।
कम्पनीले आकर्षक तलब, चाडपर्व खर्च, बिदा, ओभरटाइम,सामाजिक सुरक्षाअन्तर्गतका सुविधाहरु प्रदान हुने सूचनामा उल्लेख छ ।