चीनको सांघाईमा कोरोना संक्रमण तीव्र फैलियो

सांघाई । चीनको सांघाईमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । सहरका ठूला अस्पताल संक्रमितले भरिएका छन् । सांघाईमा कोरोना भाइरस नयाँ लहर आएपछि अहिलेसम्म संक्रमणबाट मृत्यु भएको घोषणा गरेको छैन ।
पूर्वी क्षेत्रमा वृद्धको हेरचाह गर्ने अस्पतालमा काम गर्नेहरुले स्थिति निकै खराब भएको र कतिपयको मृत्यु भएको बताएको बिबिसीले उल्लेख गरेको छ । अस्पतालमा काम गरिरहेकी एक नर्सले बताएअनुसार सांघाई सरकारले मेडिकल स्टाफ र विज्ञहरु पनि संक्रमित भएका छन् ।
सहरमा सयौं मानिस संक्रमणको चपेटामा आइसकेको बताइएको छ । चीनको सबैभन्दा ठूलो सहरमध्येको एक सांघाईमा ४ करोड ५० लाख मानिसहरुको जनसंख्या रहेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले एक सातादेखि लकडाउन लागू गरेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया