चीनको सांघाईमा कोरोना संक्रमण तीव्र फैलियो
सांघाई । चीनको सांघाईमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । सहरका ठूला अस्पताल संक्रमितले भरिएका छन् । सांघाईमा कोरोना भाइरस नयाँ लहर आएपछि अहिलेसम्म संक्रमणबाट मृत्यु भएको घोषणा गरेको छैन ।
पूर्वी क्षेत्रमा वृद्धको हेरचाह गर्ने अस्पतालमा काम गर्नेहरुले स्थिति निकै खराब भएको र कतिपयको मृत्यु भएको बताएको बिबिसीले उल्लेख गरेको छ । अस्पतालमा काम गरिरहेकी एक नर्सले बताएअनुसार सांघाई सरकारले मेडिकल स्टाफ र विज्ञहरु पनि संक्रमित भएका छन् ।
सहरमा सयौं मानिस संक्रमणको चपेटामा आइसकेको बताइएको छ । चीनको सबैभन्दा ठूलो सहरमध्येको एक सांघाईमा ४ करोड ५० लाख मानिसहरुको जनसंख्या रहेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले एक सातादेखि लकडाउन लागू गरेको छ ।
ताजा अपडेट
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए
-
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो


प्रतिक्रिया