NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

भद्रकुमारी घले सम्मानित

काठमाडौं । प्रेमध्वज प्रधान फाउण्डेशनले राजनीतिज्ञ भद्रकुमारी घलेलाई सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सम्मान गर्दै राजनीति, साहित्य र समाजसेवाका माध्यमबाट घलेले महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

लामो समयदेखि घलेले सामाजिक न्यायका साथै महिला अधिकारका क्षेत्रमा पुर्याएको योगदान सबैका लागि अनुकरणीय रहेको विचार व्यक्त गर्दै उनले राष्ट्रले पनि उनको अभिनन्दन गर्नुपर्नेमा जोड दिइन् । बुद्ध शान्त पार्क तथा निर्माण समितिका अध्यक्ष शान्ताबहादुर शाक्यले समाजका विभिन्न क्षेत्रबाट मुलुकको विकास र समृद्धिमा कार्य गर्न सकिने विश्वास व्यक्त गरिन् ।

नेपाल पत्रकार महासङ्घअन्तर्गत आमसञ्चार तथा प्राज्ञिक विभागका सदस्य एवं समाजवादी प्रेस सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले फाउण्डेशनले प्रेमध्वज प्रधानका विविध आयामबारे खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिए । नारायणगोपाल, तारादेवीलगायत पुराना स्रष्टाका स्मृतिमा फाउण्डेशनले कार्य गर्ने जनाइएको छ । उक्त कार्यक्रममा बौद्ध साहित्यमा आधारित चलचित्र ‘उतरा’ को शुभ मुहर्त गरिएको थियो ।