NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
भान्छा टिप्स :

फ्रिजमा के राख्ने, के नराख्ने ? केरा राख्नुस्, नुन हुँदैन

काठमाडौँ । धेरैले खाना पकाउनुपर्ने हुन्छ । कहिलेकाहीँ अचानक खाना पकाउने बाध्यता पनि आइपर्न सक्छ । यस्तो अवस्थामा धेरै मानिस अलमलमा पर्छन् । उसो त सधैँ पकाइराखेका मानिसलाई पनि यसको सही विधिबारे थाहा नहुन सक्छ । त्यसैले तरकारी पकाउँदा वा भण्डारण गर्दा केही कुरामा ध्यान दिनुपर्छ । यी हुन् कुकिङका क्रममा काम लाग्ने केही टिप्स :

– सामान्य मौसममा केरालाई बाहिर राख्दा बढी पाक्ने समस्या हुन्छ । जसका कारण छोटो समयमा बिग्रने पनि डर हुन्छ । त्यसैले केरालाई फ्रिजमा राख्नुस् । फ्रिजमा राख्दा पनि सावधानी अपनाउनुपर्छ । किनकि, यसको बोक्रा कालो हुने समस्या हुन्छ । केरालाई प्लास्टिकमा बेरेर फ्रिजमा राख्दाचाहिँ सुरक्षित हुन्छ ।

– टमाटर काँचो छ र त्यसलाई चाँडै पकाउन चाहनुहुन्छ भने ब्राउन पेपर ब्यागमा राखी कम प्रकाश आउने कुनामा भण्डारण गर्नुस् । यस्तो गरेमा टमाटर छोटो समयमा पाक्नुका साथै रङ पनि राम्रो भएर निस्कन्छ ।

– प्याज पकाउने समय त्यसमा थोरै नुन पनि राखिदिनुस् । जसले प्याजलाई चाँडो पकाउने गर्छ ।

– दाललाई चाँडो पकाउनका लागि त्यसमा थोरै घ्यू, बेसार, हिङ वा नुन राख्न सक्नुहुन्छ । यसो गर्दा दाल राम्रोसँग पाक्छ । र, यसको बास्ना पनि राम्रो आउने गर्छ ।

– पुरी नरम नहुने र नफुल्ने समस्या छ भने त्यसका लागि एउटा विकल्प प्रयोग गर्नुस् । आँटा मुछ्ने समय पानीको साटो दूधको प्रयोग गर्नुस् । यसो गर्दा पुरी राम्रो हुनुका साथै स्वादिष्ट पनि बन्छ ।

– तरकारी पकाउने क्रममा जबसम्म तरकारी गल्दैन, त्यसमा नुन नराख्नुस् । तरकारीमा छिटो नुन राख्दा त्यसको न्युट्रिसन भ्यालु कम भएर जान्छ ।

ताजा अपडेट

नेपालवाच विशेष