सेल्फीले बिगार्न सक्छ अनुहार
काठमाडौैं । स्मार्टफोनको प्रयोगसँगै सेल्फी खिच्ने क्रम तीव्र रुपमा बढेको छ । एक जना व्यक्तिले एक वर्षमा औसत ४५० वटा सेल्फी लिन्छन् । तर एक अध्ययनअनुसार सेल्फीले अनुहार बिगार्न पनि सक्ने देखिएको छ । युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरका अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका हुन् ।
बेलायतमा नाकको सर्जरी गर्नुलाई राइनोप्लास्टी भनिन्छ । कस्मेटिक सर्जरीमा यो सबैभन्दा बढी लोकप्रिय छ ।
शोधकर्ताका अनुसार सेल्फीको लोकप्रियताका बीच राइनोप्लास्टी गर्नेहरुको संख्या पनि बढेको छ । अध्ययनमा संलग्न डा. बर्दिया अमिरलकका अनुसार सेल्फीको सोख र राइनोप्लास्टीबीच विशेष सम्बन्ध छ । सेल्फीमा अनुहार खराब देखिएपछि सर्जरी गर्न जानेको संख्या पनि बढीरहेको छ ।
अध्ययनमा सहभागी ३० स्वयंवसेवकले सेल्फीले कसरी अनुहार बिगार्छ भनेर जान्ने प्रयास गरेका थिए । उनीहरुमध्ये ३ जनाले १२ र १८ इन्चको फरकमा लिएको र अर्को ५ फिटको दूरीमा डिजिटल क्यामेराले सेल्फी खिचेका थिए ।
डिजिटल क्यामेराबाट लिएको फोटोको तुलनामा १२ इन्चको दूरीबाट लिएको सेल्फीमा नाक ६.४ प्रतिशत लामो र १८ इन्चको दूरीमा लिएको सेल्फीमा ४ दशमलव ३ प्रतिशत लामो देखिएको थियो । अनुसन्धानकर्ताहरुले सेल्फीमा अनुहार राम्रो नदेखिँदा यसले मानसिक स्वास्थ्यमा पनि प्रभाव पर्ने चेतावनी दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया