NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

युक्रेनमा सम्भावित ‘नरसंहार’ को संकेतः स्पेनी प्रधानमन्त्री

काठमाडौं । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को संकत देखिएको बताएका छन् । रुसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध किएभ बाहिरको सहर बुचामा अत्याचार गरेको बताइएको छ ।

‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्न सबै काम गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं, मानवताविरुद्ध हुने अपराधको विरुद्धमा प्रस्तुत हुने छौं’ उनले भने । ‘पुटिनको अनुचित आक्रामकताले युद्धलाई युरोपेली संघको ढोकामा फिर्ता ल्याएको छ’, उनले म्याड्रिडमा आर्थिक फोरममा भने ।

सान्चेज युक्रेनमा रुसको गतिविधिलाई नरसंहार भन्ने पहिलो इयू नेता हुन् । क्रेमलिनले युक्रेनी सहर बुचामा सर्वसाधारणको हत्यासँग सम्बन्धि आरोपलाई अस्वीकार गरेको छ ।

बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कन, जर्मनी, फ्रान्स, बेलायत, नेटोका नेताहरुले बुचामा रुसले गरेको नरसंहारले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी सेना फिर्ता भएपछि बुचाबाट बाहिर आएको तस्बिरमा देखिएको ‘सर्वधारणविरुद्धको क्रुरता’ हामीले दशकौंदेखि युरोपमा नदेखेको बताएका छन् ।

युक्रेन युद्ध : बुचाबाट देखिएकाे विभत्स दृश्य