विश्वको यस्तो रेस्टुरेन्ट, जहाँ भूतले खाना खुवाउँछ
काठमाडौं । यदि तपाइको सुन्दर, सुसज्जित रोमान्टिक वातावरणमा खाना खाने बानी छ भने,तपाइँले कहिलेकाँही त्यस्ता ठाउँहरू प्रयास गर्न सक्नुहुन्छ, जहाँ भूतहरूले यहाँ खाना खुवाउँछन् ।
डिसेम्बर २८ मा साउदी अरबको रियादमा सुरु भएको यो रेस्टुरेन्टलाई ‘स्याडो’ अर्थात् छाया भनिन्छ । यसको नाम जस्तो छ, सेवा पनि उस्तै छ । त्यहाँ भूतहरू छायाँ जस्तै घुम्छन् । तपाईंले छ जना व्यक्तिको लागि उपलब्ध टेबलमा पाँच सिट मात्र पाउनुहुनेछ । छैटौं सिटमा भने भूत आएर बस्छ । यो सिट भूतका लागि आरक्षित गरिएको छ ।
तर ती साँच्चैका भूत भने होइनन् । १९८० को दशकमा आएका डरलाग्दा चलचित्रका पात्रजस्तै नक्कली भूतहरु हुन् । खाने टेबलमा खप्परहरू राखिन्छ । अनि खाना ल्याउने पनि भूत बनेर आउँछ । रेस्टुरेन्टमा काम गर्ने सबै भूतजस्तै बनेका हुन्छन् ।
त्यहाँ खाना खान जानेहरु अलि होसियार हुनुपर्छ । ती भूतहरु चिच्याउन पनि सक्छन् । त्यहाँ खाना खान आएकी नौरा अल असद नामकी युवतीले एएफपीसँग भनिन्, ‘म त्यहाँ वातावरणको आनन्द लिन आएकी थिएँ, तर धेरै डराएकी थिएँ । वेटरले खोपडीमा खाना ल्यायो, मेराे त भाेक नै हरायाे ।’
यसअघि साउदी अरबमा सार्वजनिक स्थानमा यस्तो मनोरञ्जन उपलब्ध थिएन । तर सन् २०१७ मा युवराज बनेपछि मोहम्मद बिन सलमानले धेरै स्वतन्त्रता दिएका छन्, जसको फलस्वरूप यस्ता प्रयोगहरु भइरहेका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया