NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रद्वारा जुनियर नापी तालिमको आवेदन खुला

काठमाडौं । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले जुनियर नापी तालिमको लागि आवेदन खुला गरेको छ ।

केन्द्रले आर्थिक वर्ष ०७८/७९ को लागि स्वीकृत वार्षिक कार्यक्रअनुसार सञ्चालन गर्नुपर्ने भएकाले एक वर्ष अवधिको उक्त तालिममा खुला प्रतिस्पर्धाको आधारमा प्रशिक्षार्थी छनोट गर्नुपर्ने भएकाले आवेदन खुला गरेको सूचनामार्फत जानकारी गराएको छ ।

केन्द्रले सातै वटा प्रदेशमा आवेदन आह्रवान खुल्ला गरेको छ । केन्द्रले उक्त तालिमका लागि २४ जना नेपाली प्रशिक्षार्थी माग गरेको छ । उम्मेदवारको उमेरको हकमा १८ वर्ष पूरा भइ २४ ननाघेको हुनुपर्ने छ ।

केन्द्रका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशन भएको मितिदेखि २१ दिनभित्र नापी कार्यालय वा भूमि व्यवस्थापन प्रशिक्षण केन्दमा बुझाउनु पर्नेछ । केन्द्रले प्रशिक्षार्थीको छनौट लिखित परीक्षाबाट गर्ने जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष