NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

छुरा प्रहार गरी मुस्लिम धर्मगुरुको हत्या

तेहरान। आक्रमणकारीले मुस्लिम धर्मगुरुको छुरा प्रहार गरी हत्या गरेको छ । अन्य दुई जना घाइते छन् ।

इरानको उत्तर–पूर्वी तीर्थनगर मशहादमा आक्रमणकारीको निशानामा परी धर्मगुरुको ज्यान गएको खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले इरानी टेलीभिजनसँग भनेका छन्, ‘एक व्यक्तिले शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ ।’

आक्रमणकारीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।