NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नाटकीय शैलीमा दलबदल गरेका डल्लाकोटीले यसरी जितेका थिए ०७४ को चुनाव

काठमाडौं । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्षसमेत रहेका माओवादी केन्द्र धादिङका नेता पित्तबहादुर डल्लाकोटी (हरि)ले गएको दुई दिनमा चमात्कारी शैलीमा दलबदल गरे ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट फूलमाला र खादा लगाएर एमाले प्रवेश गर्दा माओवादी कार्यकर्ताले पत्याउन सकेका थिएनन् । उनको अप्रत्यासित निर्णय तुरुन्तै पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुग्यो ।

डल्लाकोटी एमाले प्रवेश गर्न एमाले धादिङका अध्यक्ष एवं सांसद भूमि त्रिपाठीसँग ओली निवास बालकोट जाँदै थिए । सोही बेला उनलाई प्रचण्डले फोन गरेर हतारमा कुनै निर्णय नलिन र आफूलाई एकपटक भेट्न आग्रह गरेको धादिङका एक नेताले बताएका छन् ।

हरि डल्लाकाेटी

अध्यक्षको आग्रहलाई बेवास्थागरी उनी ओली निवास प्रवेश गरे । फूलमाला लगाएर माओवादी परित्याग गरेको घोषणा गरे । त्यसपछि सम्पर्कविहीन भएका उनी परिवारको सम्पर्कमा समेत थिएनन् ।

उनको निर्णयमा स्तब्ध भएका धादिङका नेता तथा कार्यकर्ताले आफ्नो निर्णय फिर्ता गर्न व्यापक दबाव थियो । उनलाई मूल घर फर्काउन माओवादी केन्द्र धादिङका अध्यक्ष एवं वाग्मती प्रदेशका मन्त्री शालिकराम जमकट्टेलले सक्रिय भूमिका खेलेको एमालेका एक नेताले बताए ।

आम मतदाता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको व्यापक दबाव थेक्न नसकेपछि डल्लाकोटीले मोबाइल स्वीच अफ गरे । एमाले धादिङका नेताहरूले डल्लाकोटीलाई माओवादीहरूले अपहरण गरेको आशंका गरे ।

डल्लाकोटी एमाले प्रवेश गर्न एमाले धादिङका अध्यक्ष एवं सांसद भूमि त्रिपाठीसँग ओली निवास बालकोट जाँदै थिए । सोही बेला उनलाई प्रचण्डले फोन गरेर हतारमा कुनै निर्णय नलिन र आफूलाई एकपटक भेट्न आग्रह गरेको धादिङका एक नेताले बताएका छन् ।

पार्टी परित्याग गरेको २४ घण्टा नबित्दै उनले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै आफू मूल घर माओवादीमै फर्किएको घोषणा गरे । उनको अस्वभाविक निर्णयबाट एमाले जिल्लिए भने माओवादीले केही राहत महशुस गरे ।

२४ घण्टामा दलबदलमा जसरी नाटकीय शैली देखाए, त्यसरी नै ०७४ को स्थानीय तहको निर्वाचमा धादिङमा माओवादीलाई जित दिलाएका थिए । दुई नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा उनी एक्ला गाउँपालिका अध्यक्ष हुन् ।

माओवादी बढी प्रभावित क्षेत्र रहेको बेनिघाट रोराङ गाउँपालिका कांग्रेससँग तालमेल गरी विजयी भएका थिए । उनले ६ हजार ४१० ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्धी एमालेका उम्मेदवार गिरिराज कँडेलले ५ हजार २५५ मत पाएका थिए । तेस्रोमा राप्रपाका शालिग्राम सिलवालले १४९ मत पाएका थिए । एमाले उम्मेदवारसँगको मतान्तर १ हजार १५५ रहेको छ ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३०२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्धी एमालेका मायादेवी शर्माले ५ हजार २७७ मत पाएकी थिइन् । राप्रपाका सीमा तामाङले १५७ भोट पाएका थिए ।

१० वडा रहेको यस गाउँपालिकामा माओवादी केन्द्रले १, ५, ७, ८ र १० नम्बर वडा जितेको थियो । एमालेले २, ३, ४, ६, ९ वडा जितेको थियो ।

ओलीले एमाले प्रवेश गराएका डल्लाकोटी २४ घण्टामै माओवादी फर्किए

धादिङमा एमालेले एक नगरपालिका र ७ गाउँपालिका जितेको थियो । कांग्रेसले एक नगरपालिका र दुई गाउँपालिका जितेको थियो । एमाले धुनिवेशी नगरपालिका, थाँक्रे, गल्छी, गजुरी, त्रिपुरासुन्दरी, नेत्रावती, सिद्धलेक, गंगाजमुना गाउँपालिका जितेको थियो ।

कांग्रेसले निलकण्ठ नगरपालिका, खनियाँबास, ज्वालामुखी गाउँपालिका जितेको थियो । त्यस्तै माओवादीले बेनिघाट गाउँपालिका र राप्रपाले रुविभ्याली गाउँपालिका जितेको थियो ।

No description available.

डल्लाकोटीको प्रष्टीकरण : आवेगमा एमाले गएँ, पश्चाताप भएपछि माओवादीमै फर्किएँ (विज्ञप्तिसहित)