NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

नेपालले थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न पाउने

काठमाडाैं । भारतले थप ३२५ मेगावाट बिजुली प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्कोटमा प्रवेशको अनुमति दिएको हो ।

१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको स्रोतले बताएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष