NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जेटिए पदमा रोजगारीको अवसर

काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले नायब प्राविधिक सहायक(जेटिए) पदमा कर्मचारी मागेको छ । आयोजनाले आज सूचना जारी गदै आयोजनाअन्तर्गत रिक्त कृषि र पशुपन्छी सेवामा करारद्वारा कर्मचारी माग गरेको हो ।

आयोजनाअन्तर्गत कृषि तर्फ खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित र अपांग गरी जम्मा २६ जना र पशुपन्छी तर्फ खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित गरी जम्मा १३ संख्यामा जेटिए माग भएको छ ।

उक्त पदका लागि उम्मेदवारको उमेर पुरुषको हकमा १८ वर्ष पूरा भइ ३५ ननाघेको हुनुपर्ने र महिलाको हकमा ४० ननाघेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले वैशाख १३ गतेसम्म र दोब्बर दस्तुरमा २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

थप जानकारीका लागि आयोजनाको वेवसाइट https://reed.moald.gov.np/homeमा गएर हेर्न सकिन्छ ।

पदपुर्ति सम्बन्धि सुचना