सम्पर्कविहीन बालिका भेटिइन्
तनहुँ । घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला परेकी छन् । बालिका आज सकुशल भेटिएकी हुन् ।
स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत परियारलाई ऋषिङ–२ काँहु शिवपुर निवासी रेखीमाया बरालीले भेटेपछि आफ्नै घरमा राखिएको हो । छिमेकी गाउँ थप्रेक हुँदै दिउँसो करिब ११ बजेको समयमा ऋषिङ–१ गैह्राखुदी भन्ने ठाउँमा पुगेको भन्नेसम्म जानकारी पाए पनि त्यसपछि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका थिए ।
बाटोमा हिँड्दै गरेको अवस्थामा वृद्धा आमाले ‘गाडीमा नगएर किन हिँडेको नानी ?’ भनेर सोध्दा रुन थालेपछि कहीँकतै जान नदिई आफ्नै घरमा राखेर ठूलो सहयोग गर्नुभएको शिक्षक एवं स्थानीयवासी तीर्थ बर्देवाले जानकारी दिइन् ।
घरबाट पक्कै पनि भागेर हिँडेको शङ्का लागेपछि बालिकालाई कतै जान नदिई आफ्नै निगरानीमा राखेर खाना खुवाएर सुताएको बरालीले जानकारी दिए । मङ्गलबार नै पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा खोजतलासका लागि जाहेरी दिएका थिए । छोरी भेटिएपछि खमबहादुरको परिवारले खुसी हुँदै सञ्चारकर्मीलाई समेत धन्यवाद प्रकट गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया