NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

सबा आजाद : ऋतिक रोशनका यी साथी को हुन् ?

काठमाडाैं ।  यत्तिबेला हिन्दी चलचित्रका अभिनेता ऋतिक रोशन चर्चामा छन् । यसको एक कारण उनको साथी सवा आजाद हुन् । जससँग हालै ऋतिक रोशन मुम्बाई एयरपोर्टमा एकसाथ देखिएका थिए ।

फिल्म ‘कहो ना प्यार है’ बाट करियर सुरुवात गरेका ऋतिक रोशनलाई हिन्दी चलचित्र इन्डस्ट्रीमा सबैभन्दा ‘हेन्डसम’ अभिनेताको रुपमा चिनिन्छ । सन् २००० मा उनले आफ्नी प्रेमिका सुजैन खानसँग विवाह गरे । त्यसको १४ वर्षपछि २०१४ मा दुबैजना सहमतिमा छुट्एिका थिए । उनीहरुबीचको सम्बन्ध छुट्सिकेपछि पनि धेरै पटक उनीहरु एकअर्कासँग देखिएका छन् । तर, केही समयदेखि उनको सबा आजादसँगको मित्रता र सम्बन्धको चर्चा हुन थालेको छ ।

सवा आजातका नाम पहिलोपटक रोशनसँग त्यतिबेला जोडिएको थियो जब रोशन आफ्नो परिवारको साथ एक पारिवारिक समारोहमा रोशनको काका राजेश रोशनले फ्यानहरुसँग एक फोटो सार्वजनिक गरे, उक्त परिवारको साथ सबा आजात पनि देखिएका थिए ।

को हुन् सबा आजाद ?

सबा आजादका वास्तविक नाम सबा सिंह ग्रेवाल हो । नोभेम्बर एक १९९० मा दिल्लीमा पञ्जावी र कश्मिीरी मातापिताको घरमा उनी जन्मिएकी थिइन् । उनले सामाजिक सञ्जालमा खुलाएका छन् कि उनले आफ्नो नाम सबा ‘आजात’ यसकारण राखिन किनकि उनी आफूले आफैको कुनै पनि टैगबाट मुक्त राख्न चाहन्थिन् र आफ्नो पहिचान आफै बनाउन चाहान्थिन् ।

उनको नामलाई लिएर निकै ट्रोल भएका थिए । उनी थिएटर दुनियाका निकै महान कम्युनिष्ट लेखक-निर्देशक सफदर हाशममीकी भाञ्जी हुनु । उनी आफ्नो मामाको थिएटर समूह सफदर जन नाट्य मञ्चसँग सानैदेखि जोडिएकी थिइन् । सबा आजातले थिएटरमा कयौँ चर्चित अभिनेत्रीहरुसँग काम गरिने जसमा एक हुन् रैना, हबीब तनवीर, जी पी देशपाण्डे र एनके शर्मा हुन् ।

सबा आजादले धेरै प्रकारको नृत्य पनि सिकेकी छिन् र ओडिसी शास्त्रीय नेत्य पनि सिकेकी छिन् । उनले आफ्नो गुरु किरण सहगलका साथ विदेशमा समेत परफार्म गरेकी थिइन् । सबा आजादले मुम्बईमा पृथ्वी थिएटरमा मकरन्द देशपांडेद्वारा निर्देशित दुई व्यक्तिको नाटकमा अभिनय गरेर डेब्यु गरेकी थिइन् । उनले आफ्नो अभियानको सुरुवात ईशान नायरको सर्ट फिल्म गुरुबाट गरिन् जुन न्यूरोक र फ्लोरेन्सका कयौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा सामेल गरिएको थियो ।

हिन्दी चलचित्रको यात्रा

हिन्दी चलचित्रमा २००८ मा सबाले राहुल बोसको साथ चलचित्र ‘दिल कब्बडी’ बाट आफ्नो यात्रा सुरु गरेकी थिइन् । २०११ मा सबा यशराजको चलचित्र ‘मुज्जसे फ्रेन्डशिप करोगे’ मा साकबि सलिमकोसाथ देखिएकी थिइन् । हालै उनी ‘रकेट ब्वाई’ सिरिजमा परवाना इरानीको भूमिकामा देखा परेकी थिइन्, जसमा उनले निकै प्रशंसा बटुलेकी थिइन् ।

सन् २०१० मा सबाले आफ्नो थिएटर ग्रुप स्थापना गरिने जसको नाम हो ‘द स्किन’ । यसको पहिले प्ले ‘लवप्यूक’ को निर्देशन सबाले आफै गरिन् । यसको पहिले शो पहिलो पटक सेम्टेम्बरमा मुम्बइको नेशनल सेन्टर परफा‘र्मिङ आर्ट्स एक्सपेरिमेन्टल थिएटरमा मञ्चन गरिएको थियो । संगीतमासमेत रुची राख्ने सबाले कयौँ हिन्दी चलचित्रमा गीत पनि गाइसकेकी छिन् । जसमा उत्कृष्ट फिल्मको ‘नींद ना मुझको आये’, कारभानको ‘भरदे हमारे ग्लास’ र ‘मर्द को दर्द नही होता’को ‘नखरेवाली’ समावेश छ ।

सबाले आमिर खानको चलचित्र धुमको गीत गाउनेको एक हिस्सा बनेकी छिन् । नसीररूद्दीन शाहका जेठो छोरा इमाद शाहको साथ उनले मिलेर सन् २०१२ मा चर्चित इलेक्ट्रोनिक निक ब्यान्ड मेदबाय मिंकको स्थापना गरे । मिडिया रिर्पोटका अनुसार सबाको इमाद शाहसँग धेरै वर्षदेखि प्रेमसम्बन्ध थियो । प्रेमसम्बन्ध समाप्त भएपछि पनि उनले आफ्नो म्युजिक बैंडलाई निरन्तरता दिइरहिन् र कयौँ शोमा एक साथ देखिएकी थिइन् ।

जनवरी २०२० मा शाहीन बागमा सीएए आन्दोलनमा पनि भाग लिएकी थिइन् । जसमा उनले इन्डिया पिपुल थिएर एसोसिएशनबाट गीत ‘तु जिन्दा हे’ गाएकी थिइन् । सबाले फैज अहमतको कविता ‘बोल के लब आजात है’ पनि दर्शकलाई सुनाएकी थिइन् ।