बृहस्पतिभन्दा नौ गुणा ठूलो नयाँ ग्रह बन्दै
काठमाडौं । वैज्ञानिकहरूको नयाँ खोजले ग्रहहरू कसरी बन्यो भन्ने बारे मानिसको बुझाईलाई चुनौती दिएको छ । अमेरिकाको हवाइमा रहेको सुबारु टेलिस्कोपबाट वैज्ञानिकहरूले एउटा ग्रह अझै बनिरहेको देखेका छन् । यो ग्रह हबल टेलिस्कोपबाट अन्तरिक्षमा परिक्रमा गरिरहेको छ ।
अन्तरिक्षमा परिक्रमा गरिरहेको हबल टेलिस्कोपबाट यो ग्रहको अनुसन्धान गरिएको हो । यसबाट अझ धेरै अचम्मका कुराहरु खुल्न थालेका छन् । टाढा अन्तरिक्षमा देखिएको यो नयाँ ग्रह बृहस्पतिभन्दा नौ गुणा ठूलो छ तर खगोलविद्हरूले यो अझै पनि गर्भमा रहेको अर्थात यो निर्माणको प्रारम्भिक चरणमा रहेको विश्वास गरेका छन् ।
यो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिसँग धेरै मिल्दोजुल्दो छ । बृहस्पति र यसको सहयात्री शनि ग्रह पनि हेलियम र हाइड्रोजनले बनेका छन् ।
नासाको एम्स रिसर्च सेन्टरमा काम गर्ने खगोलविद् थान करीको अध्ययन नेचर एस्ट्रोनमी जर्नलमा अप्रिल ४ मा प्रकाशित भएको छ । यस अध्ययनमा करी लेख्छन्, ‘यो अझै जन्मिने प्रक्रियामा नै छ ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया