NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बृहस्पतिभन्दा नौ गुणा ठूलो नयाँ ग्रह बन्दै

काठमाडौं । वैज्ञानिकहरूको नयाँ खोजले ग्रहहरू कसरी बन्यो भन्ने बारे मानिसको बुझाईलाई चुनौती दिएको छ । अमेरिकाको हवाइमा रहेको सुबारु टेलिस्कोपबाट वैज्ञानिकहरूले एउटा ग्रह अझै बनिरहेको देखेका छन् । यो ग्रह हबल टेलिस्कोपबाट अन्तरिक्षमा परिक्रमा गरिरहेको छ ।

अन्तरिक्षमा परिक्रमा गरिरहेको हबल टेलिस्कोपबाट यो ग्रहको अनुसन्धान गरिएको हो । यसबाट अझ धेरै अचम्मका कुराहरु खुल्न थालेका छन् । टाढा अन्तरिक्षमा देखिएको यो नयाँ ग्रह बृहस्पतिभन्दा नौ गुणा ठूलो छ तर खगोलविद्हरूले यो अझै पनि गर्भमा रहेको अर्थात यो निर्माणको प्रारम्भिक चरणमा रहेको विश्वास गरेका छन् ।

यो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिसँग धेरै मिल्दोजुल्दो छ । बृहस्पति र यसको सहयात्री शनि ग्रह पनि हेलियम र हाइड्रोजनले बनेका छन् ।

नासाको एम्स रिसर्च सेन्टरमा काम गर्ने खगोलविद् थान करीको अध्ययन नेचर एस्ट्रोनमी जर्नलमा अप्रिल ४ मा प्रकाशित भएको छ । यस अध्ययनमा करी लेख्छन्, ‘यो अझै जन्मिने प्रक्रियामा नै छ ।’