NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विवाहमा दुलाहा र दुलहीलाई पेट्रोल उपहार !

काठमाडौं । रुस–युक्रेन युद्धपछि विश्वमै पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । भनिरहनु परोइन कि यसले दैनिक जीवनयापन कष्टकर बन्दै गइरहेको छ ।

पेट्रोलियम पदार्थको संकट र मूल्यवृद्धि भइरहँदा भारतको तमिलनाडु राज्यको एउटा विवाह अहिले चर्चामा छ । चर्चा नहोस् पनि किन ? विवाहमा बर र बधुलाई पेट्रोल र डिजेल नै उपचार दिएपछि ।

तमिलनाडुको चेंगलपट्टुको एक जोडीको विवाह कार्यक्रममा दुई युवाले बर र बधु दुवैलाई एक/एक बोतल डिजेल र पेट्रोल उपहार दिएका हुन् ।

विवाह पार्टीमा दुलाहा र दुलहीलाई शुभकामना र उपहार दिने कार्यक्रम चलिरहँदा दुई युवा बोतलमा पेट्रोल र डिजेल लिएर पुग्छन् । तीमध्ये एकले दुलही र अर्कोले दुलाहाको हातमा त्यसलाई राखिदिन्छन् ।

विवाह पार्टीमा बर र बधुलाई अनौठो उपहार दिएपछि हाँसोको फोहोरा छुटेको थियो । अहिले यो भिडियो भारतभर चर्चामा छ ।