NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

न्युयोर्कमा गोलीकाण्ड, एकको मृत्यु, दुई घाइते

काठमाडौं (एजेन्सी) । अमेरिकामा गोलीकाण्ड हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

न्युयोर्कमा भएको घटनामा १६ वर्षीया किशोरीको मृत्यु भएको हो । अन्य दुई जनालाई पनि गोली लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिबिसीले घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।

बन्दुक राख्न दिने कानूनका कारण अमेरिकामा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । बढ्दो विकृति रोक्न यो नियम परिमार्जनको बहस नउठेको होइन, तर त्यसले आकार भने लिन सकेको छैन ।