NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तीन पूर्वअर्थमन्त्रीलाई भेला गरेर पत्रकार सम्मेलन गर्दै एमाले

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमाथिको कारबाही र मुलुकको आर्थिक अवस्थाबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

यसबारे जानकारी दिन अहिले दिउँसो १२ः३० बजे ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमाले प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार, पूर्वअर्थमन्त्रीत्रय विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले यसबारे धारणा राख्नेछन् ।

खस्किँदो अर्थतन्त्र उकास्न राम्रो काम गरिराखेका राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको एमालेले आरोप लगाएको छ ।

विपक्षी एमालेसँग मिलेर सरकारलाई असहयोग गरेको आरोप लगाउँदै शुक्रबार गर्भनर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।