अमलाका फाइदै-फाइदा
काठमाडौं । अमला भिटामिन सीको ठूलो स्रोत हो । यो स्वास्थ्यका दृष्टिले निकै गुणकारी छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइन्छ । आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमा प्रयोग गरिन्छ। यहाँ अमलाबाट हुने फाइदाहरु उल्लेख गरिएको छ :
-नियमित अमला खानाले शरीरको रगत सफा गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
-कब्जियत हुनबाट पनि बचाउँछ ।
-भिटामिन सीका कारण कपाल तथा छाला सुन्दर बनाउँछ ।
-अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ ।
-पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ ।
-अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ ।
-अमला सेवनले रुघाखोकीसमेत निकाे हुन्छ ।
-स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ ।
-अमलाको प्रयोगले कपाल झर्ने समस्याबाट पनि मुक्ति पाइन्छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया